मोरङ ३ मा किन सर्वप्रिय छन सांसद डा.सुनिल शर्मा

प्रेमप्रसाद भट्टराई (के.डि) /  नेपालको राजनितिमा त्यस्ता सांसद कमै होलान जसलाई देख्नासाथ मतदाताहरुमा श्रद्धा र खुशिको भाव आउँछ । त्यसमध्ये एक हुन मोरङ क्षेत्र नं ३ का सांसद डा.सुनिल शर्मा ।

पछिल्लो समय नेपाली राजनितिमा धेरै चर्चामा आएको नाम हो डा.सुनिल शर्मा । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सोहि क्षेत्रबाट नेकपा एमालेका उम्मेद्धार भानुभक्त ढकालसँग झिनो मतले पराजित भएका काङ्ग्रेस सांसद डा. सुनिल शर्मा २०७९ मा भारि मतान्तरका साथ निर्वाचित हुँदै संसद भवनमा प्रवेश गरेका थिए । नेकपा एमालेकै उम्मेद्धार भानुभक्त ढकालसंग अघिल्लो निर्वाचनको झिनो मतान्तरसहित पराजितताको बदला लिँदै उनले करिव २५ हजार मतान्तरले बिजयी भएका थिए । गणना भएको मतमध्ये करिब ५१ प्रतिशत उनले पाएका थिए । उघिल्लो निर्वाचनमा पराजित उनी कम्यूनिष्ट गढमै यसरी विजयी हुनुको कारण के थियो त ?

धेरैजसो सांसद भाषण र आश्वासन तथा विभिन्न स्टण्टबाजिमा केन्द्रित भइरहँदा डा.शर्मा मतदाताको समस्या र त्यसको समाधानमा केन्द्रित हुने गरेका छन् । सांसदहरु आफ्नो निर्वाचन क्षेत्र फर्कदा घरमा पार्टीका नेता र कार्यकर्ता लामबद्ध हुनेगरेको र उनिहरुसंग भेटघाटमै केन्द्रित हुँदा साँसदहरु मतदाताको घर आगनमा नपुग्ने वा पुगिहालेपनि आश्वासनको पोकोबाहेक केहि नदिने गुनासो बढिरहँदा सांसद शर्माको भने मतदाताले तारिफ नै तारिफ गर्ने गरेका छन् । हुनपनि उनि अरुजस्तो कार्यकर्ता भेटघाटमा मात्र अल्झदैनन । निर्वाचन क्षेत्रमा रहेको घर पुग्नासाथ मतदाताका समस्या के के छन ?, मतदाताको स्वास्थ्य अवस्था कस्तो छ ?, मतदाताका बालबालिकाको शैक्षिक स्थिति कस्तो छ ? इ कुराहरु बुझ्न सम्बन्धित वडाका प्रतिनिधिहरुसहित सहयोगिहरु लिएर पुगिहाल्छन र तिनको समस्या समाधानका लागि तत्काल लागिहाल्छन् ।

आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि बिरामिले आर्थिक अभावमा उपचार नपाएर थला परेको खबर उनका कानसम्म पुग्यो भने तुरुन्त बिरामिको घरमा पुगि निशुल्क उपचारको ग्यारेन्टीसहित आफै उठाएर लिएर जान्छन् र पूर्ण रुपमा निको पारेर पठाइदिन्छन । मोरङ क्षेत्र नं ३ मा उनिबाट जिवनदान पाएकोमा खुशि हुनेहरुको संख्या टोलटोलमा रहेको छ । उनले विराटनगरस्थित नोबेल अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निशुल्क उपचारसहित ५० बेडको क्याबिन फ्रि गरिदिएका छन् भने खाने बस्ने सुविधासहितका निशुल्क ३० बेडको ब्यवस्था तथा काठमाडौँस्थित सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजमा समेत आफ्नो क्षेत्रका मतदाताका लागि निशुल्क उपचारको ब्यवस्था सहित १५ शैय्याको कक्ष उपलब्ध गराइदिएका छन् । त्यसैले पनि उनलाई देख्नासाथ मतदाताहरु उत्साहित हुँदै आशिर्वाद दिन तम्सिने गरेका छन् ।

त्यसो त डा शर्मा मतदातामा प्रिय हुनुको कारण यो मात्र हैन । नेपाली जनता पु्राना राजनैतिक दलहरुसंग रुष्ट र वितृष्णा फैलिरहेका बेला उनको तारिफ निर्वाचन क्षेत्रबाहिरका जनताले समेत गनेै गरेका छन् । विभिन्न अनलाइन मिडिया तथा टेलीभिजनहरुमा उनका समाचार प्रशारण भइरहँदा सामाजिक सञ्जालमा ‘संसद भवनका एक मात्र जिवित सांसद’ को रुपमा तारिफ गर्ने गरेका छन् । काङग्रेस माओवादीसहितको गठबन्धन सरकार हुँदा पनि सरकारले चालेका गलत कदमबिरुद्ध खरो रुपमा उत्रने गरेका कारण पनि उनले तारीफ पाउने गरेका छन् । नेपाली राजनितिमा सरकारमा संलग्न दलका सांसदहरुले यसरी आफ्नै सरकारका गलत क्रियाकलापबिरुद्ध बोलेको बिरलै सुन्न र देख्न पाइन्छ । अझ अधिकांश सांसद तथा पाटी अध्यक्ष र आफ्नो दल संलग्न सरकारको चाकडिमै ब्यस्त हुने गरेका छन् । तर उनि निरन्तर आवाज उठाइरहेका छन् । विभिन्न मिडियाहरुमा सुन तस्करमा उच्च तहका नेताहरुको संलग्नता रहेका समाचारहरु आउने गरेका छन् । केही महिनाअघि सोही विषयमा बोल्दै ठुला सुन तस्कर र तस्करीसंग सांठगांठ गर्ने उच्च तहका नेताहरुलाई छानबिन नगर्ने र भरियालाई मात्र पक्राउ गरेर सस्तो लोकप्रियता देखाउन खोजेको भन्दै गृहमन्त्रीको राजिनामा समेत मागेका थिए । उक्त समय उनको हिम्मतको चौतर्फी प्रशंसा भएको थियो । राजिनामा माग गरेको केहिदिनमै उनलाई विभिन्न आरोपसहित पक्राउ गरेपछि त सरकारको चर्को आलोचना नै भयो । भने उनको रिहाइको लागि जनताको चर्को दवाव थियो ।

पछिल्लो समय पुराना राजनैति दलहरु सक्ताकेन्द्रित हुँदा नेपालको राजनितिप्रति वितृष्णा बढिरहेको छ । कुर्षिलाई ध्यान दिदा जनताका समस्याहरुलाई जनप्रनिधिहरुले बिर्षिरहेको गुनासो बढ्दो छ । यसलाई ध्यान दिदै हरेक सांसदले डा. सुनिल शर्माको जस्तो मतदाताको समस्या समाधान र मतदाता भेटघाट तथा गुनासो सुनुवाइमा ध्यान दिए नेपाली युवामा राजनितिप्रति आकर्षण बढ्नेमात्र हैन शुखि र समृद्ध नेपाल बनाउन सकिन्छ ।