समाजको आवश्यकता मेरो प्राथमिकता: इन्सपेक्टर दाहाल

बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले समाजको आवश्यकतालाई महशुस गरेर आफु अगाडि बढ्ने बताएका छन । शुक्रबार सञ्चारकर्मीसगको कुराकानीमा इन्सपेक्टर दाहालले सो कुरा बताएका हुन ।

सञ्चारकर्मीसगको अन्तरक्रिया कार्यक्रममा दाहालले हामी प्रहरीहरुले आफ्नो एक वर्षे कार्यकालमा यो यो काम गर्छु भनेर आएको हुँदा पनि यहाँ समाजमा के चल्दैछ र समाजले प्रहरीबाट के खोजिरहेको छ भन्ने कुरालाई नै आधार बनाएर आफु अगाडि बढ्ने बताएका हुन ।

दाहालले प्रहरी एक्लैले समाजमा घट्ने घटनाहरुलाई नियन्त्रण गर्न नसक्ने हुँदा पनि समाजमा बस्ने सबै सरोकारवालाहरुले प्रहरीलाई सहयोग गरे समाजमा घट्ने विभिन्न घटनाहरुलाई नियन्त्रण गर्न सक्ने बताएका छन । बेलबारीमा सरुवा लिएर आएका दाहालले यहाँ काम गर्न निकै चुनौती पूर्ण रहेको बताउदै आफ्नो कार्यकाललाई सफल बनाउने समेत बताए ।

दाहालले भर्खरै आफु यहाँ आएको र अहिले यहाँका विभिन्न संघसस्था तथा सरोकारवाला व्यक्तिहरुसग यहाँको अवस्था थाहा पाउन अन्तरक्रिया कार्यक्रम गर्दै आएको र असोज देखी आफुले आफ्नो काम कार्वाहीलाई पूर्ण रुपमा अघी बढाउने बताएका छन । दाहालले बेलाबारी, सुन्दरहरैचा र केराबारीमा रहेका सक्रिय सञ्चारकर्मीहरु सग यहाँ हुने विभिन्न घटनाहरुको बारेमा छलफल गरेका थिए ।