टिकटक बन्द गराउन माग गर्दै युवराज सफलद्धारा सञ्चार मन्त्रालयमा उजुरी

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गराउन माग गर्दै सामाजिक अभियन्ताको रुपमा परिचित युवराज पौडेल ‘सफल’ले सञ्चार मन्त्रालयमा उजुरी दिएका छन् ।

बिना अनुमति नेपालमा टिकटक सञ्चालन गरिएको दाबी गरिएको दाविसहति उनले उजुरी दिएका हुन् । निवेदनमा उनले टिकटकले सामाजिक सद्भाव बिगार्न मद्दत गरेको आरोप लगाएका छन् ।

सञ्चालन गर्न दिए मापदण्डभित्र ल्याउन मन्त्रालयसँग आग्रह गरिएको छ । टिकटकलाई कानुनी दायरामा ल्याउँदै करमा पनि जोड्न माग गरिएको छ । उनले टिकटक लाइभ बस्ने तथा गेम खोल्नेहरुले लाखौँ रुपैया आम्दानि गर्ने गरेको र उक्त रकमको कर समेत नतिर्ने हुदा त्यस्ता रकमलाई करको दायरामा ल्याउन समेत निवेदन गरेका छन् ।