डाँस मोरङ्गी सामुदायीक बनको योजना तर्जुमा गोष्ठि सम्पन्न

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित श्री डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०र०८१ का लागि योजना तर्जुमा गोष्टी सम्पन्न गरेको छ । आज (आइतबार) सामुदायीक वनले आफ्नो सभाहलमा सम्पन्न उक्त गोष्ठिमा आर्थिक बर्ष ०८०/०८१ मा ८३ लाख २८ हजार ८ सय १ को आम्दानी गर्ने लक्ष्य लिएको छ भने ७७ लाख ६६ हजार ४ सय ४३ खर्च गर्ने लक्ष्य लिएको बताएको छ ।

सामुदायीक वनले योजना सवल र प्रभावकारी बनाउन वडाकार्यलयको उपस्थीतीमा सरोकारवाला पक्ष, वन कार्यलय, सामाजिक ब्यात्ती र संचारकर्मीहरुको सामुहीक राय सल्लाहा सुझाव लिई कार्ययोजना तयार पारेको हो । समुहले वन विकास तर्फ २७ लाख १८ हजार २ सय ५५ र गरिवी न्यूनिकरण तर्फ २५ लाख २४ हजार ९४ र अन्य विकास निमार्णमा २५ लाख २४ हजार ९४ रुपयाँ खर्चा गर्ने लक्ष लिएको छ । समुहले भदौ २३ गते हुने साधारण सभामा तिज विशेस कार्यक्रमको आयोजना गरि उपभोक्ताहरुविच नृत्य प्रतियोगिता गर्ने भएको छ ।

योजना तर्जुमा गोष्टी कार्यक्रममा बोल्दै वडा नं  १० का वडाध्यक्ष जिवन खतिवडाले नगरमा वन निति ऐन बनेका कारण पथरी शनिश्चरे नगर भित्र रहेका सामुदायीक वनहरुले साझेदारी कार्ययोजना सहित समयमै आउन र कार्ययोजना समयमै सम्पन्न गर्न आग्रह गर्नु भयो । डाँस मोरङ्गी सामुदायीक वन उपभोक्ता समुहले अघि बढाएको योजनामा वडा कार्यलय साझेदारी गर्न तयार रहेको बताउनु भयो । सव डिभिजन वन कार्यलय कानेपोखरीका वन अधिकृत रमेश मगरले जनताको सम्पती जनताले नै संरक्षण गर्नु पर्ने भन्दै वन क्षेत्रमा हुने अतिक्रमणमा समुहले ध्यान दिन सुझाव दिनु भएको छ ।

सामुदायीक बन उपभोक्ता महासंघ कोशि प्रदेश सदस्य अग्नि पौडेलले अव सामुदायीक बनले एउटा योजनाले धेरै क्षेत्रलाई समेट्ने गरि काम गर्नु पर्ने बताउनु भयो । उहाँले वन समुहले जंगलमा प्राङगारीक मलको योजना अघि बढाए वा डडेलो रोकिने, झाडी सफाई हुनु, उपभोक्ताले प्राङगारीक मलबाट उत्पादन बढाउने र समुहलाई आम्दानीको स्रोत बढ्नेमा जोड्दिनु भयो । उहाँले सामुदायीक बनलाई सुझाव दिदै सामुदायीक बन कार्यालयमा पुस्तकालय निर्माण गर्न सके युवावर्गमा कुलत तथा अशिक्षाको कमजोरिलाई न्यूनिकरण गर्न सकिने समेत बताउनुभयो ।

सबै सरोकारवालाबाट आएको सल्लाह सुझावलाई प्राथमिकतामा राखि आगामी कार्ययोजना वनाइने सामुदायीक वनका अध्यक्ष मदन पोख्रेलले बताउनु भयो । पोख्रेलले सामुदायीक वन आगामी दिनमा जैविक मल र खालि जमिनमा नगदे कृषीबालीबाट उपभोक्तालाई आकर्षण गर्ने योजनाका साथ अघि बढ्ने बताउनु भयो ।

भेलाले राजमार्ग आसपासमा भएका अव्यवस्थीत ब्यापार ब्यावसायलाई समयमै निगरानि गरि सडक दुर्घटनाबाट जोगाउन सुझाव दिएका छन । सामुदायीक वनले बन पैदावारलाई पहिलो प्राथमिक्तामा राखि पर्यापर्यटनको विकास गर्दै ब्यावसायीकीकरणमा जानुपर्ने सुझाव आएको थियो । योजना तर्जुमा कार्यक्रममा फेकोफन मोरङका अध्यक्ष कृष्ण लुईटेल, बालकुमारी कट्टेल, सिता राय, नगर अध्यक्ष मैना फुयाल, उपभोक्ता, सल्लाहकार लगायतको उपस्थीती रहेको थियो ।