नेबिसंघ पथरीले गर्यो एक दिवशिय वृहत प्रशिक्षण

पथरी / नेपाल बिद्यार्थी संघ पथरीशनिश्चरे नगरकार्य समितिको आयोजनामा एक दिने एक दिवस वृहत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थि संघका पूर्व केन्द्रिय अध्यक्ष गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा हिजो (शनिबार) पथरी बहुमुखी क्याम्पसको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल बिद्यार्थी संघ मोरङ भरी रहेका सम्पुर्ण इकाई समितीका सदस्य स्ववियु सदस्यहरुलाई प्रशिक्षण दिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले ने.बिसंघले स्थापना कालदेखि नै विद्यार्थि हकहितका लागि लडदै आएको बताउनुभयो । उहाँले देशका ठुला ठुला आन्दोलनहरुमा नेविसंघको योगदानको उदाहरण दिदै नेविसंघले आफ्नो संगठनका विद्यार्थिका लागि मात्र नभइ हरेक विद्यार्थीेको हकहितका लागि लड्नुपर्ने बताउनुभएको थियो । उहाँले ने.वि संघ र ने वि संघसंग सम्बन्धित बिद्यार्थीहरुका जिज्ञासालाई सम्बोधन समेत गर्नुभएको थियो । नेविसंघ पथरीशनिश्चरेका नगरसभापति सागर बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङग्रेसका मोरङ जिल्ला सभापति ललित श्रेष्ठ, मोरङ क्षेत्र नं ३ प्रदेशसभा क का प्रैदेशसभा सदस्य मान बहादुर लिम्बु, नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का सभापति गणेश खड्का, काङग्रेस नेता पर्शु कार्कि, बिक्रम लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

बिद्यार्थीहरुको नेतृत्व बिकासको लागि नेबि संघले कस्तो भुमिका निर्वाह गरेको हुन्छ भन्न्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको नेबि संघ पथरीका नगर सभापति सागर बरालले जानकारी दिनुभयो ।