भुटानि शरणार्थि शिविरमा स्वास्थ्य चौकी भवनको शिलान्यास

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित भुटानि शरणार्थि शिविरमा स्वास्थ्य चौकि भवनको शिलान्यास भएको छ । शिविरमा इन्ट्रा इन्टरनेशनल फउन्डेसनले स्वास्थ्य चौकीको लागी भवन निर्माण गरिदिने भएको हो ।

४० लाख बराबरको लगानीमा पथरीशनिश्चरे १० शिबिरडाँडा स्थित भुटानी शरणार्थीहरुको पुरानो खाध्य गोदाम छेउमा स्वास्थ्य चौकीको भवन निर्माण गरिदिने भएको हो । अमेरिका लगायत बिभिन्न देशमा पुर्नवासका लागी गएका नेपालीभाषी भुटानी शरणार्थीहरुले स्थापना गरेको सामाजिक संस्था इन्ट्रा इन्टरनेसनल फाउडेसनका संचालक (अध्यक्ष) डिल्ली अधिकारी पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले संयुत्त रुपमा भवनको सिल्यान्यास गरेका थिए ।

सिल्यान्यास कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका कार्यालयका उपप्रमुख देवीमाया काफ्ले, वडा न। १० का वडा अध्यक्ष जीवन खतिवडा, नगर जनस्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा इन्टरनेसनल फाउन्डेसनको नेपाल तर्फको चियर पर्सन राम बाँनियाँ, नायक दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, द भ्वइस अफ नेपालका विजेता किरण गजमेर, भुटानी शरणार्थी शनिश्चरे शिविर क्याम्पका सचिव चम्पासिंङ राई, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजेन्द्र कुमार पौडेल लगायतको उपस्थिती थियो ।

यस फाउण्डेसनले पथरी शनिश्चरे नगर पालिका र पथरी नगर अस्पतालको रोहबरमा रहने गरि एउटा एम्बुलेन्स खरिद गर्न २५ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।