काङ्ग्रेस नेता भट्टराईले दुई बालिकालाई नि:शुल्क पढाउने

बेलबारी । नेपाली काङ्ग्रेस बेलबारीका नेता तथा काङ्ग्रेस बेलबारीका निवर्तमान नगरसभापती शम्भु भट्टराईले दुई जना बालिकाहरुलाई नि:शुल्क पढाउने भएका छन । बेलबारी नगरपालिका वडा नं ५ का दुई जना बालिकाहरुलाई भट्टराईले नि:शुल्क पढाउने घोषणा गरेका हुन ।

करेन्ट लागेर मृत्‍यु भएका प्रेम कुमार चौधरीको दुई जना छोरीहरुलाई कक्षा आठ सम्म भट्टराईले नि:शुल्क पढाउने घोषणा गरेका हुन । आर्थिक अवस्था कमजोर भएको चौधरीको घरको पंखा मर्मत गर्ने क्रममा साउन ३० गते मृत्‍यु भएको थियो । चौधरीको एउटा छोरी कक्षा दुईमा र एउटी छोरी कक्षा ३ मा अध्ययनरत छन ।

भट्टराई बेलबारी नगरपालिकामा रहेको कसेनी मोडल इङलिस स्कुलका सञ्चालक समेत हुन । परिवारको आर्थिक अवस्था एकदमै दयनिय र कमजोर रहेकाले सकेको सहयोग गरिदिन समेत चौधरी परिवारले अनुरोध गरेका छन ।