दुई नगरपालिकाका उधोग वाणिज्य संघ बिच अन्तरक्रिया

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिका क्षेत्रमा रहेका तीन उद्योग वाणिज्य संघबिच अन्तरक्रिया सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ र बेलबारी वाणिज्य संघ बिच सयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा नवनिर्वाचित बेलबारी उधोग वाणिज्य संघका पदाधिकारीलाई बधाई दिइएकाे थियाे । पछिल्लो समय स्थानीय सरकारले जग्गा वर्गीकरण गरेपछि बढेको करका विषयमा तीनवटै वाणिज्य संघ एक भएर जानुपर्ने बिषयमा छलफल भएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले बताए ।

छलफलमा बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले साझा एजेन्डा, कार्यक्रम लिएर व्यवसायी माझ जानुपर्ने धारणा राखेका थिए । व्यवसायीमा ज्ञान नभएकाले कतिपय व्यवसायीले जरीवाना तिर्न बाध्य भएको, विल भरपाईका विषयमै नजान्दा अडिटरकै भर पर्दा व्यापारीलाई समस्या देखिएको र यस्ता समस्यालाई आगामी दिनमा सबै मिलेर जानुपर्ने कृष्णप्रसाद रिजालले बताए ।

कर निति, उद्योग वाणिज्य संघकाे सवलिकरण, व्यवसायीकाे हितकालागि याे अन्तरक्रिया कार्यक्रम गरिएको हाे । कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद ढुङ्गाना, बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषराज श्रेष्ठ (अशाेक) सहित तीनवटै वाणिज्य संघका पदाधिकारीकाे उपस्थिति रहेको थियो ।