रेडस्टारका विपिन ब्यवस्थापन संकायतर्फ प्रदेशकै उत्कृष्ट

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं २ मा रहेको रेडस्टार बोर्डिङमा अध्ययन गरि कक्षा १२ को परिक्षामा सहभागि भएका परिक्षार्थी विपिन पोखरेलले ब्यवस्थापन संकायतर्फ कोशी प्रदेशमै उत्कृष्ट नतिजा ल्याएका छन् । इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए) २०२१–२०२४ विजेता स्कुल रेडस्टारमा पोखरेलले ३.८१ जिपिए प्राप्त गरेका छन् ।

पथरीशनिश्चरे वडा नं। २ शान्ति चौकमा स्थापित रेडस्टारले एस.एल.सी (कक्षा १२) मा पाँच वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले दाबी गरेको छ । बुधबार विद्यालय हातामा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशको उत्कृष्ट बन्न सफल पथरीशनिश्चरे–३ का विपिन पोखरेललाई सम्मान समेत गरिएको थियो । यस्तैगरी कृतिका भट्टराईले ३।७५, एलन थेगिम लिम्लुले ३।७१, भुवन घिमिरे र नम्रता बुढाथोकीले ।३।६२ जिपिए प्राप्त गरेका छन् ।

यसै शैक्षिक सत्रमा २ सय ६० विद्यार्थी मध्ये ३।६ भन्दा माथि ६ जना र ३।२ जीपीए भन्दा धेरै जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४ जना रहेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी।एन। तिम्सिनाले जानकारी गराउनुभयो । यसैगरी सहभागी विद्यार्थी मध्ये २।८ जीपीए भन्दा माथि १ सय ८ जनाले प्राप्त गरेका छन् भने २।४ जिपीए भन्दा माथि ५४ जना र जिपिए २ भन्दा माथि ३७ जना उत्तीर्ण भएका छन् ।

अहिले देशकै ४९ प्रतिशत विद्यार्थी असफल भएको नतिजा सार्वजनिक भइरहँदा रेडस्टारले निरन्तर ९५ प्रतिशत भन्दा माथि विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस्तैगरी विद्यालयबाट वि।सं। २०७५ सालमा शुशीला बास्तोलाले ३।३९ जीपीए ल्याएर नगरकै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् भने वि।सं। २०७६ सालमा विनिता धिमालले ३।७० जीपीए सहित प्रदेश नं १ मै दोस्रो स्थान हासिल गरेकी थिइन् । वि।सं। २०७७ सालमा चन्द्रमान गुरुङले ३।६२ जीपीए प्राप्त गरेका थिए भने वि।सं।२०७८ मा सुरेश राजवंशी र रेजिना अधिकारीले ३।७८ जीपीए प्राप्त गरेका थिए ।

यस्तैगरी गत वर्ष २०७९ मा त्रियुगा लिम्बुले ३।७० जिपिए र मेरिना मगरले ३।६६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका थिए । त्रियुगाले प्याब्सन आवद्ध विद्यालयहरू।मध्ये मोरङ जिल्लाकै उत्कृष्ट जीपीए हासिल गरी सम्मानित भएकी थिइन् । यस्तै उत्कृष्ट नतिजा हासिल गर्नमा निरन्तर मूल्यांकन प्रणाली अवलम्बन गर्दै परियोजना कार्यलाई निरन्तरता दिइएकाले यो नतिजा हासिल भएको विद्यालयका निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले बताउनुभयो ।

विद्यालयका संस्थापक राजु तिम्सिनाले पत्रकार सम्मेलनमा भन्नुभयो–‘हामीले युवा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिएका छौं । सिकाईको एउटा पाटो उत्प्रेरणा हो भनेर मानेका छौं । यसैले हामीहरूले राष्ट्रिय स्तरमा ख्याती कमाएका उत्प्रेरक ल्याएर कार्यक्रम गर्ने गरेका छौँ । आजको यसैको प्रतिफल हो यो परिणाम ।’ यसरी पथरी शनिश्चरे नगरपालिकामा अवस्थित यस रेडस्टार स्कुलले एकपछि अर्को सफलता हात पार्दै अनवरत रुपमा अघि बढिरहेको छ ।

सो कार्यक्रममा विद्यालयका संस्थापक सुजन बास्तोला, शिक्षक शिक्षिका, कर्मचारी समेतको उपस्थिति रहेको थियो । शैक्षिक संयोजक तिर्थ दाहालले धन्यवाद ज्ञापन गर्दै पत्रकार सम्मेलनको समापन गर्नुभएको थियो । पत्रकार सम्मेलनको सञ्चालन भाईस प्रिन्सिपल बसन्त मादेनले गर्नुभएको थियो ।