बेलबारीका प्रहरी इन्स्पेक्टर जवराको सरुवा

बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक उदय शम्सेर ज.ब.राको सरुवा भएको छ । ज.ब.राको ईलाका प्रहरी कार्यालय फापरवारी , मकवानपुरमा सरुवा भएको हो ।

ज.ब.रा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर, काठमाण्डौबाट काजको रुपमा बेलबारी आएका थिए । ज.ब.राको बेलबारी बसाई भने छोटो रहयो ।

ज.ब.राको स्थानमा बेलाबारीमा प्रहरी निरिक्षक तेजबहादुर दाहाल आउने भएका छन । दाहालको जिल्ला प्रहरी कार्यालय ईलामबाट बेलबारीमा सरुवा भएको हो ।