गरिब दुखीको सहारा बन्दै देबेन्द्र लुइँटेल

दिपेश सार्की
कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिका ३ निवासी देबेन्द्र लुइँटेल सामाजिक कार्य गरेर गरिब तथा विपन्न परिवारको सहारा बनिरहेका छन । जब विपद पर्छ त्यति बेला पिडितहरुलाई आफ्नो तर्फबाट प्रत्येक बर्ष गरिब असहायहरुलाई सहयोग गर्दै आइरहेको उनले समाजमा उदाहरण बन्न सफल भएका छन ।

जब पिडितलाई अप्ठेरो पर्छ त्यति बेला सहयोग गर्न पुगिहाल्छन, समाजमा विभिन्न समस्याहरु आइपर्दा कहिले पछाडी नहट्ने, समस्या संग सामना गरेर समस्याहरुलाई हल गर्न तिर लाग्ने लुइँटेल बताउछन । त्यसैले उनले कानेपोखरीका विभिन्न ठाउँहरुमा सहयोग गरिसकेका छन । कतिपय मानिस संग आर्थिक अभावको कारणले गर्दा काठमाडौ बाट घर जान सकेका हुदैन त्यति बेला उनले निशुल्क टिकट काटेर मानिसहरुलाइ घर पठाउने कार्य समेत गरिसकेका छन । त्यस्तै भौतिक पुर्वधार, लेख्न पढनमा कमि नहोस भन्ने उदेश्यले बालबालिकाहरुलाई कपि पेन्सिल बितरण गर्ने, युवा पुस्तालाई कुलतबाट बच्नु पर्ने तथा स्वस्थ रहनु पर्ने भन्दै विभिन्न क्लब तथा विधालयमा खेलकुदका सामाग्रीहरु वितरण गर्ने जस्ता कार्यहरु गर्दै आएका छन । रमाइलो बहुमुखी क्याम्पसमा १० थान पङ्खा समेत बितरण गरिसेका छन ।

उनले कोराना भाइरसको महामारीको समयमा माक्सको कमि भएको बेलामा विरामीहरुलाई माक्स बितरण गरेका थिए । आफ्नै समस्यासँग जुध्न बाध्य वर्तमान परिवेशमा व्यक्तिगत समस्यबाट माथि उठेर समाजसेवामा आफूलाई समर्पित गर्ने देबेन्द्र लुइँटेल हरु जस्ता व्यक्तित्व हाम्रा लागि प्रेरणाको श्रोत बन्न सक्दछन् । उनलाई आफ्नो बचेको समय र श्रोत थोरै मात्र पनि समाजको हितमा खर्चिन सके समाज परिवर्तनमा सहयोग गर्न सकिने भएकाले यूवा पुस्ताहरुलाई समाजसेवामा लाग्न अनुरोध गर्नुहुन्छ । देबेन्द्र लुइँटेलको समाजसेवि व्यक्तित्वले आम नेपाली यूवाहरुलाई समाजसेवामा लाग्न अभिप्रेरित गर्ने कुरामा कुनै दुईमत छैन ।