अमना शीसौली बनको अध्यक्षमा भोजराज बस्नेत

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा रहेको अमना शीसौली वन पभोक्ता समितिको अध्यक्षमा भोजराज बस्नेत निर्वाचित भएका छन । मंगलबार वनको छैठौ वार्षिक साधारण सभाबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन ।

मंगलबार बेलबारीमा भएको निर्वाचनमा ५१ जना मतदातामा ३८ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । जसमा बस्नेतले ३० मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी शान्तिराम गिरीले जम्मा ८ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु भने सर्वसम्मत रुपमा छयन भएका छन । उपाध्यक्षमा रामहरी कोइराला, सचिवमा शर्मिला मगर, सहसचिवमा नवराज राई, कोषाध्यक्षमा विमला राई, सदस्यहरुमा मनोज सुवेदी, सकुन्तला सुवेदी, शमसेर धिमाल, नारायण धिमाल लगायत अन्य सदस्यहरु सर्वसम्मत निर्वाचित भएका थिए ।

वनको छैठौ वार्षिक साधारण सभाको प्रमुख अतिथिमा बेलबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, विशिष्ट अतिथिको रुपमा सव डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्र लगायतको उपस्थिती रहेको थियो ।