महिला अधिकारका लागी राष्ट्रीय अभियान बेलबारी नगर समिति चयन

महिला अधिकारका लागी राष्ट्रीय अभियान बेलबारी नगर समिति चयन भएको छ । बेलबारी नगरपालिकाको सभाहलमा भएको एक कार्यक्रमबाट अंकुरा बस्नेतको अध्यक्षतामा समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा सृजना राई, महासचिवमा तारा खतिवडा, सचिबमा सजीना बराइली, कोषाध्यक्षमा मन्दिरा खत्रि चयन भएका छन ।
समिति सदस्यहरुमा रीना खातून कुमारी गच्छदार, उर्मिला धिमाल, नर्वदा दाहाल र दुर्गा कुँवर चयन भएका छन ।

कार्यक्रममा बेलबारी नगर उपप्रमुख नितु थापा कोइराला, महिला अधिकारका लागी राष्ट्रीय अभियान केन्द्रिय सदस्य सीता सुवेदी लगायतको उपस्थिति रहेको थियो ।