दादुरा रुवेला खोप अभियान सुरु

पथरी / पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुवेला खोप अभियान सञ्चालन सुरु भएको छ । २८ गते आइतबारदेखि भदौ २ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको निक्कै उत्साहप्रद रह्यो ।

नगरको १० वटै वडामा खोप सञ्चालन भएको छ । जसअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुको संख्या ७ सय ९८ र ५ देखि १५ वर्षका बालबालिकाहरु ३ हजार ६ सय ४२ जना गरी जम्मा ४ हजार ४ सय ४० जनालाई दादुरा रुवेला खोप लगाइएको नगरका सिअहेव अधिकृत एकराज खत्रीले जानकारी दिनुभयो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र स्वास्थ्यकर्मीहरुको टोलीले खोपको अनुगमन पनि गरेको छ ।