इन्द्रपुर स्वास्थ्य चौकी अगाडि एक पुरुषको शव फेला

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको इन्द्रपुर स्वास्थ्य चौकी अगाडि एक पुरुषको शव फेला परेको हो ।

स्वास्थ्य चौकी अगाडि नमुना इन्द्रपुर बोर्डिङ जाने बाटोमा रहेको पैनीमा उक्त पुरुषको शव फेला परेको हो । निधारमा चोटपटक रहेको अवस्थामा दिउसो १२ बजे तिर शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पुरुष भारत घर भएको हुन सक्ने बताइएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । थापा विवरण आउन बाँकी ।