दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी अभिमुखीकरण

पथरी / दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी वडा स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

यही मिति २०८० साउन २८ गतेदेखि भदौ २ गतेसम्म सञ्चालन हुन गइरहेको दादुरा रुबेला खोप अभियानको पुर्ब तयारीका लागि वडा खोप समन्वय समिति र सरोकारवलाहरुको बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रमको सभाध्यक्ष वडा नं। १ का वडाध्यक्ष भीम राईको रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मी भण्डारी, पञ्चायत माविकी सह–प्रधानाध्यापक बिना राई, कार्यपालिका सदस्यहरु, वडाका जनप्रतिनिधिहरु, लाइन्य क्लबका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमलाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र एकराज खत्रीले कार्यक्रमको लक्ष्य उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रम आधारभूत स्वास्थ्य केन्द्र पथरीशनिश्चरे वडा नं। १ की प्रमुख निर्मला विकले सञ्चालन गर्नुभएको थियो ।