मोरङ ३ मा श्रावण ३० गते काङ्ग्रेसले विशेष अन्तरक्रिया कार्यक्रम गर्ने

बेलबरी । मोरङ काग्रेसमा बिशेष आन्तरिक शुद्दिकरण अभियानको सुरुवात भएको छ । काङ्ग्रेसले प्रदेश, जिल्ला क्षेत्र र स्थानिय तहमा पार्टी शुद्धिकरणको लागि यो अभियान सञ्चालन गरेको हो ।

मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेसले श्रावण ३० गते विशेष अन्तरक्रिया कार्यक्रमा गर्ने भएको छ । क्षेत्र भित्रको समस्या र पार्टी भित्र रहेको समस्यालाई अन्त्य गर्न काङ्ग्रेसले यो अभियान सञ्चालन गरेको काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का क्षेत्रिय सचिव राजेन्द्र अधिकारीले बताए । काङ्ग्रेस भित्र देखिएको स्थानीय राजनीति तथा भौतिक समस्या र समाधान का बारेमा सुझाव संकलन गर्न यस कार्यक्रमको उद्देश्य रहेको सचिव अधिकारीले बताए ।

कार्यक्रममा मोरङका लागि केन्द्रिय प्रतिनिधि तथा पार्टीका केन्द्रिय सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को उपस्थिती रहने र मोरङ क्षेत्र नं ३ का सांसद डा. सुनिल कुमार शर्मा, प्रदेश सांसद मानबहादुर लिम्बु र काङ्ग्रेसका प्रदेश तथा जिल्लाका नेताहरुको उपस्थिती रहनेछ ।