अलपत्र बन्यो कानेपोखरीको भलुवा सिमसार

दिपेश रोक्का । कानेपोखरी । मोरङ को कानेपोखरी – ७ मा रहेको भलुवा सिमसार को काम अलपत्रमा परेको छ । सिमसार को निर्माण को काम सुरु भए पनि अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न्न भएको छैन । भलुवा सिमसार लाई पुर्बकै नमुना पर्यटकीय क्षेत्र बनाउन निर्माण कार्य सुरु भएको थियो। कानेपोखरी गाउँपालिका को अध्यक्ष तारा बहादुर काफ्ले हुदा नै भलुवा सिमसार को शिलान्यास उनले आफै गरेका थिए ।

भलुवा सिमसार निर्माण को लागि ३ करोड ६५ लाख ९८ हजार ८७० रुपैयामा ´ स्काई सएस मुटुयल जेबि ´ ठेक्का लिएको थियो । अहिलेसम्मान आधा काम मात्रा सम्पन्न भएको छ । ठेकेदार कम्पनी ले दुई बर्ष भित्र काम सम्पन्न हुने गरि काम सुरु गर्न लागेको वडा नं.७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी ले बताएका थिए । करिब दुई बर्ष बितिसक्न लाग्दा पनि भलुवा सिमसार को काम आधा पनि सम्पन्न भएको छैन ।

कानेपोखरी गाउँलालिकाको वर्तमान अध्यक्ष राजमती इङनामले वनक्षेत्र भित्र पर्ने भएकाले र केन्द्र बाट बजेट नआएको कारण काम रोकिएको बताइन। वनले कार्ययोजना बनाएपछी काम फेरि छिटै बनाए पछि सुरु हुने बताएकी छिन् । ग्रामीण सुधार सामुदायिक बन कानेपोखरीको कार्ययोजनाको म्याद सकिएको कारण र नवीकरण नगरेको कारण काम रोकिएको जिल्ला बन कार्यालय मोरङका सुचना अधिकारी राम लखन ठाकुरले बताउनु भयो । कार्ययोजनाको नवीकरण ग्रामिण सुधार सामुदायिक बन कानेपोखरीले गरे पछि काम पुन सुरु हुने सुचना अधिकारी ठाकुरले बताउनु भयो ।

कानेपोखरी गाउँपालिकाले यस बर्ष भलुवा सिमसार को लागि बजेट केन्द्रिय सरकार बाट बजेट आउने भएको कारण सिमसार को लागि पालिकाले बजेट नछुटाएको अध्यक्ष इङ्नाम ले बताइन। त्यस्तै पोखरी को खाल्डो सफा गर्ने काम भाको , कलपट निर्माण भाको , रमाइलो जाने पैनीमा क्यानल निर्माण भाको वडा नं ७ का वडा अध्यक्ष मोहन अधिकारिले बताए । भलुवा सिमसार को काम ४०प्रतिशत मात्र भाको बताए ।

पुर्व मन्त्री भानुभक्त ढकाल ले `भलुवा सिमसार ´लाई पर्यटकिय क्षेत्र को रुपमा बिकास गर्न ५ करोड बजेट बिनियोजन गरेका थिए । मन्त्रालय बाट ७० प्रतिशत र गाउँपालिका ले ३० प्रतिशत व्यवहोर्ने गरि रकम बिनियोजन गरिएको थियो । पुर्ब पश्चिम राजमार्ग कानेपोखरी चोक देखि करिब तीन किलोमीटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ ।