दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम

पथरी / दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी वडा स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । आज वडा नं. ३ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा नं। ५ को अमरसिंह मावि हसन्दहमा कार्यक्रम गरिएको हो ।

वडा नं। ३ मा भएको सो कार्यक्रममा वडा अध्यक्ष विजय लिम्बु, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्यका एकराज खत्री, विद्यालयका प्राचार्य, स्वास्थ्यकर्मीहरु, वडा सदस्यहरु, स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको हो ।