मनदेखि पढ्न थालिदैन तबसम्म सफल हुन सकिदैन : मेयर राई

बेलबारी
जबसम्म आफैले आफ्नो मनदेखि पढ्न थालिदैन तबसम्म सफल हुन सकिदैन । त्यो कुरा विद्यार्थी भाइबहिनीहरूले हर्क सरबाट लिन जरुरी छ । विद्यार्थी भाइबहिनीहरूलाई भन्न चाहान्छु तपाईंहरू बुबा आमाले पढ्न जा भनेको भरमा आउनु भएको छ भने त्यो गलत हो ।
सनिबार सगरमाथा इङ्गिलस स्कुलले प्रकाशन तथा विमोचन गरेको बरिष्ठ शिक्षक हर्क गुरुङ्ग कृति स्मृतिग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बेलबारी नगरप्रमुख दिलप्रसाद राईले भनेको कुरा हो यो ।
कार्यक्रममा राईले हर्क गुरुङ्ग धर्तीबाट आफै उम्रीएको सुन्दर व्यक्तित्व भएको बताए । गुरुङ अभावले जिउन सिकाएको व्यक्ति साथै बुबाको अभाव, आइएसीसम्म परिवारले पढाए पश्चात आफैले जमाउँदै, आफैले पढ्न थालेको व्यक्ति भएको पनि राईले बताए ।
बेलबारीको साँस्कृतिक भवनमा गरिएको कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ्गले शिक्षित भनिएका मानिसहरू नै अहिले ठूलो माछा भएर ललिता निवास काण्ड, सुन काण्डहरूमा मुछिएको बताए । त्यसैले शिक्षा लिँदैमा शिक्षित वा चेतनशील नहुने उनको तर्क छ । शिक्षित हुनका लागि शिक्षामा सुसस्कृत शिक्षा हुन जरुरी रहेको तामाङले बताए ।
सुकुना क्याम्पसका प्राध्यापक डा। मोहन तुम्बाहाङ्गले कार्यक्रममा ‘‘मान्छेले क,ख को अर्थ जाने कै हुँदैनन, मैले पनि बी।ए। अध्ययन गरेसम्म त्यसको अर्थ जानेको रहेनछु, तर हर्क सरले आई।ए।सी। सकेपश्चात नै त्यो कुरा जान्नु भएको रहेछ, ‘क’ को कमाउनु र ‘ख’ को कमाएर खर्च गर्नु हो, उहाँले त्यसै बेलादेखि कमाउँदै पढ्दै गर्नु भएको रहेछ ।’’ भन्ने कुरा बताए ।
म पनि विज्ञानको शिक्षक भएकाले कहिले काँही विद्यार्थीहरूले गरेका प्रश्नहरूको जवाफ दिन अप्ठ्यारो पर्दा घरमा गएर वा फोनमा सोधेर पनि मैले समस्याको समाधान गर्ने गरेको थिएँ । मलाई आज पनि त्यस्ता कुरामा हर्क सरको अभावम भइरहेको छ । यो समाजको लागि अपुरणीय क्षति हो ।’’ कार्यक्रमका अतिथि तथा पूर्व शिक्षण सहकर्मी फडिन्द्र निरौला बताउँछन ।
सार्वजनिकीकरण कार्यक्रममा शिक्षा लगायत विभिन्न क्षेत्रका व्यक्ति, व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उनका सहपाठी, सहकर्मी शिक्षक, हर्क गुरुङ्ग पुस्तकालयका अध्यक्ष लगायतले हर्क गुरुङ्गप्रतिको आफ्ना भावनाहरू व्यक्त गरेका थिए ।
अभावै अभावमा हुर्किएर पनि सफल जीवन जिउन सफल हर्क बहादुर गुरुङ्गले यस धर्तीलाई छाडेको दुई वर्ष हुँदैछ ।
उक्त सार्वजनिकरण गरिएको स्मृतिग्रन्थमा ४७ ओटा शिर्षकमा हर्क गुरुङ्गलाई स्मरण गरिएको छ । ग्रन्थमा ४३ ओटा लेख, र दुई ओटा अन्तवार्ता, दुई ओटा कविता रहेका छन ।