पशु सेवा केन्द्रको हस्तान्तरण

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ३ मा स्थापित नगर पशु सेवा केन्द्रको हस्तान्तरण भएको छ । नेपाल लाइभस्टक सेक्टर इनोमेसन आयोजनाद्धारा पथरीशनिश्चरे नगरपालिकामा भएको पशु सेवा केन्द्र आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो । निर्माणकर्ता कम्पनिका तर्फबाट उमेश दाहालले कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापो र प्रमुख प्रशासकिय अधिकृत अक्बिका खरेललाई उक्त सेवा केन्द्र हस्तान्तरण गर्नभएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख मेयर मोहन तुम्वापोले नगरमा आवश्यक झल्केको उक्त सेवा केन्द्र निर्माण गरिदिने कम्पनिलाई धन्यवाद दिँदै चाँडै सञ्चालनमा आउने बताउनुभएको थियो । उहाँले उक्त सेवा केन्द्र सञ्चालनमा आएपछि नगरका किसानलाई धेरै राहत पुग्ने तथा पशुहरुमा देखिने समस्याबाट हुने चिन्ता कम हुने विश्वास ब्यक्त गर्नुभयो । पथरीशनिश्चरे वडा नं ३ का वडाध्यक्ष बिजय लिम्बुको सभाध्यक्षतामा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा नगरका अधिकांश वडाका जनप्रतिनिधि तथा कृषकहरुको उपस्थिति रहेको थियो ।