काङ्ग्रेस सुदृढीकरण: कोशीमा कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

विराटनगर । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मोरङमा सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पार्टीको सांगठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ ।

साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो । मोरङका ०६ वटै निर्वाचन क्षेत्रमा उपाध्यायले पार्टीको सांगठनिक सुदृढीकरणको काम गर्नेछिन ।

साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरूले जिम्मेवारी निर्वाह गर्नेछन् ।

कोशी प्रदेशको कुन जिल्लामा कसलाई कहाँ खटाइयो ?
मोरङ: महालक्ष्मी उपाध्याय ‘डिना’
झापा: मिनबहादुर विश्वकर्मा
सुनसरी: आङ्गेलु शेर्पा
ईलाम: डा. डिला सङ्ग्रौला
पाचथर: लक्ष्मी परीयार
ताप्लेजुङ: सुजाता परीयार
धनकुटा: राजिव कोइराला
तेह्रथुम: तारामान गुरुङ
संखुवासभा: बाबुराम बस्नेत
भोजपुर: मनोहरनारायण श्रेष्ठ
खोटाङ: गोमाकुमारी भट्टराई
उदयपुर: उमेशजंग रायमाझी
सोलुखुम्बु: सुशिला ढकाल(आचार्य)
ओखलढुङ्गा: रुक्मणी कोइराला