सुन्दरहरैचामा मेडिकल व्यवसायी माथि खुकुरी प्रहार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा मेडिकल व्यवसायी माथि धारीलो घरेलु हतियार ‘खुकुरी’ खुकुरी प्रहार भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित बलियामा रहेको दिक्षित मेडिकल हलका सञ्चालक लक्ष्मी प्रशाद अधिकारी माथि मंगलबार दिउसो खुकुरी प्रहार भएको हो ।

घटना स्थलबाट प्रहरीले एक थान खुकुरी सोको दाप सहित सोही वडा बस्ने नवल राईलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्वाहीका लागि अगाडी बढाएको छ । मंगलबार मेडिकल हलमा बसिरहेको अवस्थामा अधिकारी र राई बिच सामान्य भनाभन भएपछी राईले अधिकारी माथि खुकुरी प्रहार गरेको स्थानियले बताएका छन ।

खुकुरी प्रहारबाट अधिकारी घाइते भएका छन । उनको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाकी ।।