हर्कलाई समर्थकको हाहाकार

धरानका मेयर हर्क साम्पाङ अराजक बन्दै गएपछि समथर्कको सङख्या निरन्तर घट्दो क्रममा छ । धेरै उम्लीए पोखिन्छ भनेझैँ उनका केही तारिफयोग्य कामले बटुलेका समर्थकको समर्थनले हर्क उम्लीएर पोखिन थालेको हर्कको पोष्टमा समर्थकले दिएको प्रतिक्रियाबाट बुझ्न सकिन्छ ।

केही समय अघिसम्म हर्कको उच्च तारिफ मात्र गरेको कमेन्ट पढ्न पाइथ्यो तर आजकल उनका पोष्टमा थामिनसक्नु गालि आएको देखिन्छ । हर्क पछिल्लो समय निरन्तर बिबादमा मुछिदै गएका छन् । अघिल्लो तिहारको समयमा हिन्दुहरुको प्रमुख चाड तिहारको लक्ष्मीपुजालाई लक्षीत गरेर उनले दिएको प्रतिक्रीया र क्रिश्चीयनलाई गरेको समर्थनका कारण पनि उनि बिबादित बने । क्रिश्चीयनलाई समर्थन गर्नु उनको अधिकारको कुरा भएपनि समग्र रुपमा हिन्दुबिरोधी गतिबिधीका कारण उनले उक्त आचरण सुधार्नुपर्ने कमेन्टबक्समा प्रतिक्रिया आउने गरेका छन् ।

उनि आफुमात्र सहि आफुभन्दा फरक बिचार राख्ने सबै खराब भएको मानसिकता रहेको उनकै समर्थकको प्रतिक्रिया पनि पाइने गरेको छ । यसले उनको क्रेज घट्दै गएको बुझ्न सकिन्छ । आफुले गरेका साना साना काम पनि सामाजिक सञ्जालमा पोष्ट्याएर समर्थन बटुली भाइरल बन्ने मोह राखेको समेत अधिकांशको बुझाइ छ । केहिदिन आफ्नो कार्यको समर्थन नगर्नेलाई उनले बिभिन्न आरोप लगाउनुका साथै धम्कीपूर्ण स्ट्याटस पोष्ट गर्न समेत उनि पछि पर्दैनन् ।

पछिल्लो समय उनि ब्यक्तिको निजि जग्गामा वृक्षरोपण गराएर बिबादमा मुछिएका छन् । यो कदमपछि उनलाई गालि गर्नेको संख्या अत्यधीक रहेछ । केहि कामको समर्थन गरिदिदा धेर उम्लीदै गएको अधिकांशको प्रतिक्रिया छ । निजि जग्गामा गएर जग्गाधनिलाई नगरप्रहरी लगाएर लछारपछार पार्दै बृक्षरोपण गर्नुले उनको अराजकताले सिमा नाघेको कतिपयको आरोप रहेको छ ।