रास्वपा बेलबारी नगर समितिमा कुमार खुलाल

बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगर कार्य समिती को नगर सभापतिमा कुमार खुलाल सर्वसम्मत चयन भएका छन । शनिबार भएको प्रथमा नगर अधिवेशनबाट खुलाल सर्वसम्मत सभापतिमा चयन भएका हुन ।

त्यस्तै उपाध्यक्षमा भलाकाजी खड्का , सचिब सुबास श्रेष्ठ र कोषाध्यक्ष बालकुमारी बिक चयन भएका छन भने सदस्यमा बलु कार्की,अनुजा कटुवाल र जीवन राउत सर्वसम्मत चयन् भएका छन ।

प्रथम नगर अधिवेशनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, केन्द्रिय सदस्य रमेश प्रसाई लगायतले सम्बोधन गरेका थिए ।