सुन्दरहरैँचामा इनारमा डुबेर बेलबारीका कुमालको मृत्यु

सुन्दरहरैँचा । सुन्दरहरैँचामा इनारमा डुबेर एक जना युवकको मृत्‍यु भएको छ । आइतबार दिउँसो वडा नं ९ स्थित मुस्लिम टोलमा खानेपानीको इनार सफा गर्ने क्रममा बेलबारी ७ बस्ने बौका कुमालको मृत्‍यु भएको हो ।

अब्दुल मल्लिकको जग्गामा रहेको इनार सफा गर्ने क्रममा डुबेर कुमाल घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका कुमाललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले कुमाललाई मृत घोषित गरेका हुन् ।