जथाभावि फोहोर र पशुचौपायाको शव नफाल्न मेयर तुम्वापोको आग्रह

प्रेमप्रसाद भट्टराई (के.डि)
पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा जथाभावि फोहोरमैला र पशुचौपायाको शव फाल्न थालेपछि यस्तो कार्य तुरुन्त रोक्न मेयर मोहन तुम्वापोले आग्रह गरेका छन् । सडक आसपास र खोला तथा पैनीमा फोहोर फाल्ने तथा मृत पशुचौपाया बोरामा पोको पारेर फाल्नेगरेको पाइएपछि तुरुन्त यस्तो कार्य रोक्न आग्रह गर्दै यस्तो कार्य नरोकिए नगरपालिका एक्सनमा समेत उत्रन सक्ने बताएका हु्न् ।

केहिदिन अघि पथरीशनिश्चरे वडा नं १० स्थित बाघेपैनिमा २ वटा बोरामा प्याक गरि फालिएको अवस्थामा २ वटा बोरा फेला परेको थियो । सडक छेउमै रहेको उक्त स्थलमा दुर्घन्ध बढेर सडकमा हिड्न समेत समस्या भएपछि पैदल यात्रिहरुले वडा कार्यालयमा गरेका थिए । राजमार्ग आसपास जंगल क्षेत्र रहेको र उक्त क्षेत्रमा पहिला पनि शवहरु भेटिने गरेको कारण ति २ वटा बोराबाट स्थानिय त्रसित भएका थिए । प्रहरी र स्थानियले बोरा खोलेर हेर्दा २ वटा मरेका सुंगुर पोको पारेर फालेको पाइएको थियो । यस्ता घटनाहरुले नगरबासिमा त्रास फैलने तथा स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने भएको कारण त्यस्ता किसीमका कार्यहरु रोक्न मेयर तुम्वापोले आग्रह गरेका छन् ।

मेयर तुम्वापोले फोहोर ब्यवस्थापनमा नगरपालीकालाई केहि समस्या भएपनि नगरबासिको घरमा फोहोर थुप्रन नदिने बताएका छन् । उनले नगरपालिकाका प्रत्येक वडाहरुमा समय तालिकाअनुसार फोहोरको गाडि आउने हुँदा जथाभावि फोहोर नफाल्न समेत आग्रह गरेका छन् । नगरपालिकाको अनुरोधलाई उल्लंघन गरेको पाइउमा जरिवाना समेत गर्न सक्ने उनले बताएका छन् ।