प्रेस युनियन मोरङद्वारा पत्रकारहरु सम्मानित

बेलबारी ।
नेपाल प्रेस युनियन मोरङ शाखाले केहि पत्रकारहरुलाई सम्मान गरेको छ । आइतबार सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११औँ अधिवेशन तथा साधारणसभामा पत्रकारहरुलाई सम्मान गरिएको हो ।

शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार लिलाबल्लभ घिमिरे, शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेत, रमाप्रसाद – मायादेवी रिजाल पत्रकारिता पुरस्कार विक्रम निरौला, रमाप्रसाद – मायादेवी रिजाल युवा पत्रकारिता पुरस्कार तेजन खड्का, गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बिनोद भण्डारी र गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कारबाट बाबुराम निरौला पुरस्कृत भएका नेपाल प्रेस युनियन मोरङ शाखा अध्यक्ष भोजराज बस्नेतले जानकारी दिनुभयो ।

सम्मानित हुने पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खादा तथा सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।