हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं। २ मा स्थापित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा आज सम्पन्न भएको छ । प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं। २ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य नैना राईको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम कम्पनीका अध्यक्ष अशोक साम्पाङको अध्यक्षतामा भएको थियो ।

आ.व. २०७७र०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः बैंक ब्याज आम्दानी २ लाख ६७ हजार ८ सय ८८ रूपैयाँ, प्रसासनिक खर्च ४ लाख ६० हजार ८ सय ४३ रूपैयाँ रहेको अध्यक्षले प्रस्तुत गर्नुभएको थियो । सभामा सम्पूर्ण उपभोक्ताहरूसँग राय सुझाब, सल्लाह लिएको थियो ।

सो कार्यक्रममा शुभकामना मन्तव्य नगरपालिकाका शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा, हरियाली कम्पनीका संस्थापक अध्यक्ष देविप्रसाद भेट्वाल, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर ९विकास०ले राख्नुभएको थियो । सो सामुदायिक वन लिमिटेडमा ८ सय ६३ जना शेयर सदस्य रहेका छन् । सो कार्यक्रम हरियाली सामुदायिक वन लिमिटेडका सदस्य गणेश बाछानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।