राप्रपाको महिला विभाग उप प्रमुखमा रेखा थापा

काठमाडौं / नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला विभाग उप प्रमुख पदमा मनोनयन भएकी छिन् ।

मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप(प्रमुख पदमा मनोनित गरेका हुन् । थापा राप्रपामा कार्यसम्पादन समिति ससदस्यमा रहेर काम गर्दै आएकी थिइन् । उनि गत प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाबाट मोरङ क्षेत्र नं ३ बाट उम्मेद्धार समेत रहेकी थिइन ।