प्रदेश सांसद लिम्बुद्वारा किरातेश्वर मार्ग कालोपत्रे सडकको समुद्घाटन

पथरी / कोसी प्रदेश सरकारबाट पथरीशनिश्चरे ०१ को जोरधारामा नवनिर्मित किरातेश्वर मार्ग कालोपत्रे सडक प्रदेश सांसद मानबहादुर लिम्बुले समुद्घाटन गरेका छन् । सोमबार बिहानसिमसिम पानी परिरहेको समयमा सांसद लिम्बु र वडा नं १ का वडाध्यक्ष भिम राईले संयुक्त रुपमा रिबन काटेर सो सडकको समुद्घाटन गरेका थिए ।

२१५ मिटर कालोपत्रेका लागि १ नं प्रदेशका तत्कालिन मन्त्री स्वर्गीय शेखरचन्द्र थापा र सुयर्माराज राईको संयुक्त पहलमा २५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उद्घाटन कार्यक्रममा नेपाली काङग्रेस मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्का, वडा नं १ का वडा सदस्य पूर्ण कार्कि, नेपाली काङग्रेसबाट गत स्थानिय तहको निर्वाचनमा मेयरका प्रत्यासी नगेन्द्र सुब्बा लगायतको उपस्थिति रहेको थियो । उद्घाटनका क्रममा सांसद लिम्बुले पथरीशनिश्चरे वडा नं १ मा सार्वजनिक भवनको अभावलाई मध्यनजर गर्दै जोरधारामा आदिवासि जनजाति भवनका लागि पहिलो किस्तास्वरुप ५० लाख रुपैयाँ बजेट समेत बिनियोजन भइसकेको बताएका थिए । त्यस्तै वडा नं १ का वडाध्यक्षले विकास निर्माण र जनताको सेवामा सबै जनप्रतिनिधी एक भएर अगि बढ्नुपर्ने बताएका थिए ।