समुह संचालन तथा वन ब्यवस्थापन सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी / सामुदायिक वन उपभोत्ता महासंघ पथरीशनिश्चरे नगरसमितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पथरीशनिश्चरे वडा नं १० को डाँस मोरङ्गी सामुदायिक वनको सभाहलमा समुह संचालन तथा वन व्यवस्थापन सम्बन्धि मा समूह उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरेकी अध्यक्ष मैनादेवि फुयाल (आचार्य) को अध्यक्षतामा सम्पन्न् उक्त कार्यक्रममा प्रदेश महासचिव रेणुका दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका सामुदायिक वन उपभोत्ता समुहको पदाधिकारी तथा सदस्यहरुलाई वन ब्यवस्थापन, कर, समुहको क्षेत्रधिकार, समुहको विधान, वन नियमावली, सरकारी कानुन लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमलाई सामुदायिक वन उभपभोत्ता महासंघका प्रदेश सदस्यअग्नी पौडेलले सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा सामुदायिक वन उपभोत्ता महासंघ मोरङमा र प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रम तथा प्रमुख अतिथि रेनुका दाहालको जन्मदिनको केक समेत काटेर शुभकामना कार्यक्रम भयो ।