दुर्घटनामा बालिका सहित २ जनाको निधन

पथरी / लेटाङ कानेपोखरी सडक अन्तरगत फाईरलाईनमा बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ चालकको घट्नास्थलमै मृत्यु भएको छ भने गम्भीर घाईते अन्दाजी ९ बर्षिय नाम थर खुलिनसकेको अर्की एक बालिकाको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा निधन भएको छ । गम्भीर घाईते अन्दाजी ४० बर्षिय महिलाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

मृत्यु हुनेमा कानेपोखरी ६ हनुमान चौकका टेम्पो चालक सागर तामाङ रहेको प्रहरीले बताएको छ भने बालिका र महिलाको नाम ठेगाना प्राप्त भएको छैन । लेटाङबाट जादै गरेको टेम्फोलाई बोलेरोले ठक्कर दिएर दुर्घटना भएको हो । बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ । फारलाईनमा आज बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घट्ना भएको बताईएको छ ।