बेलबारी चिसाङ साझेदारी वन अध्यक्षमा दिनेश गिरी

बेलबारी । बेलबारी चिसाङ साझेदारी वनको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बिहीवार बेलाबारी नगरपालिकामा भएको अधिवेशनबाट अध्यक्षमा पुन: दिनेश गिरी विजयी भएका छन ।

चिसाङ साझेदारी वनमा अध्यक्ष पदमा गठबन्धनबाट दिनेश गिरी र एमालेबाट लक्ष्मी चौधरीको उम्मेद्वारी रहेको थियो । गिरीले ९० मतले चौधरीलाई पराजित गरेका छन । गिरीले १६१ मत पाउदा एमालेका चौधरीले ७१ मत मात्र प्राप्त गरेका थिए ।

बिहीवार भएको साझेदारी वनको निर्वाचनमा २४५ जना मतदाता रहेकोमा २३६ जना मतदाताले मत हालेका थिए ।