पथरीमा रहेको भू.पू सैनिक अंग्रेजी स्कुलमा कक्षा ११ सुरु

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं। १ मा रहेको भूपू सैनिक अंग्रेजी स्कुल (सार्वजानिक शैक्षिक गुठी)मा कक्षा ११ व्यवस्थापन संकायमा अध्ययन सुरु भएको छ ।

यसै शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा ११ को पठनपाठन सुरु गरिएको प्रधानाध्यापक उपेन्द्र कडेलले बताउनुभयो । भूपू सैनिक अंग्रेजी स्कुल वि।सं।२०५४ मा स्थापना भएको हो । हाल सो स्कुलमा ५ सय ८० विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कर्मचारी रहेका छन् ।