नगरद्वारा पत्रकार सम्मान तथा सञ्चारमाध्यम पुरस्कार वितरण

पथरी / पथरी शनिश्चरे नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकार सम्मान, सञ्चार माध्यम पुरस्कार तथा लेखनवृत्ति पुरस्कार प्रदान गरेको छ । सोमबार नगरको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा नगरभित्र निरन्तर पत्रकारिता गर्दै आइरहनुभएका सेवारो पोष्ट अनलाइनका प्रधान सम्पादक फिपराज बेघालाई पत्रकार सम्मान २०८०’ प्रदान गरिएको छ ।

उक्त अवसरमा ५ वर्षअघिदेखि पथरीशनिश्चरेमा निरन्तर रुपमा सक्रिय संचारमाध्यमको भूमिका निर्वाह गर्दै आएको प्रदेश दैनिक अनलाईनलाई सञ्चार माध्यम पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । सो अनलाइन भीमराज अधिकारीले सञ्चालन गर्दै आउनुभएको छ । सम्मानित बेघालाई मुहार चित्र सहित नगद २० हजार र अधिकारीलाई नगद २५ हजार प्रदान गरिएको थियो । यसैगरी नगरका विभिन्न संचारमाध्यमहरूमा क्रियाशिल पत्रकारहरु क्रमशः छविराज ढकाल (पूर्वाञ्चल दैनिकं विराट टेलिभिजन), केशवप्रसाद निरौला (स्वतन्त्र पत्रकार), भूमिप्रसाद पाठक (सगरमाथा अनलाईन), प्रेम केडी भट्टराई र ईश्वर दुलाल (क्रेजी साप्ताहिक) लाई लेखनवृत्ति शीर्षकमा पुरस्कृत गरिएको छ ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, पथरीशनिश्चरे नगरका प्रवक्ता नवीन कार्की, सूचना संयोजक सन्तोष राई, कार्यपालिका सदस्य मिना कुमारी योञ्जन, लेखा शाखाका प्रमुख पिताम्बर वस्ती लगायतका उपस्थिति रहेको थियो ।