सुन्दरहरैचामा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर

सुन्दरहरौचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर कार्यक्रम सम्पन्न भएको छ । ईन्द्रपुर जुनियर जेसिजको आयोजनामा सुन्दरहरैचा नगरपालिका वडा नं १० मा उक्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।

ईन्द्रपुर स्वास्थ्य चौकिको सहयोगमा जुनियर जेसिजले वडा नं १० मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको ईन्द्रपुर जेसिजका जुनियर जेसिज कोअर्डिनेटर अजित वान्तवाले बताए । उनले स्वास्थ्य शिविरबाट ५० जना महिलाहरुले सेवा लिएको जानकारी दिएका छन ।

स्वास्थ्य शिविर कार्यक्रममा ईन्द्रपुर जुनियर् जेसिजका सस्थापक अध्यक्ष उत्सव थापाको प्रमुख आतिथ्य रहेको थियो भने ममाता न्यौपाने र पिंगला पौडेल स्वास्थ्य परिक्षण सहजकर्ताको रुपमा रहेकी थिईन । कार्यक्रमको अध्यक्षता भने ईन्द्रपुर जुनियर जेसिज वर्ष २०२३ का अध्यक्ष रिकेश भण्डारीले गरेका थिए ।

महिलाहरुले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षण गर्नुपर्ने प्रमुख अतिथी उत्सव थापाले बताएका छन ।

पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न निःशुल्क शिविर आयोजना गरिएको ईन्द्रपुर जुनियर् जिसिज अध्यक्ष रिकेश भण्डारीले बताए ।