विराटचौकमा सेवक सहकारीको रक्तदान कार्यक्रम सम्पन्न

सुन्दरहरैचा । सेवक पशुपालक तथा दुग्ध सहकारी सस्थाको आयोजनामा शनिबार सुन्दरहरैचामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन ।

सहकारीका अध्यक्ष गोपाल कार्कीले सहकारीले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको रक्तदान कार्यक्रमका कार्यक्रम संयोजक लक्ष्मीप्रसाद पोखरेलले बताए ।

कार्यक्रममा प्राविधिक सहयोग विराटनगर रेडक्रसले गरेको थियो । सुन्दरहरैचामा पछील्लो समय रक्तदान कार्यक्रम हरेम संघ सस्थाले एक पछी एक गर्दै आयोजना हुदै आएको छ । अघिल्लो हप्तामात्र राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।

 

 




Leave a Reply

Your email address will not be published.