पथरीशनिश्चरे नगरपालिकाले घरविहिन विपन्न नागरिकको घर निर्माण गरिदिने

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाको विपन्न नगरबासिलाई घर बनाइदिने भएको छ । आइतबार सम्मपन्न तेह्रौ नगरसभामार्फत ‘नगरपालिकाको सहयोग र भर, घर विहिनलाई सुरक्षीत घर’ नामक कार्यक्रमलाई प्राथमिकतामा राखि घर विहिन विपन्न नगरबासिका लागि घर निर्माण गरिदिने निर्णय गरेको हो ।

तर्हौं नगर सभाले आगामी आर्थिक वर्षका लागि ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट तथा नीति र कार्यक्रम पारित गरेको सोमबार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।नगर प्रवक्ता तथा ८ न। वडा अध्यक्ष नवीन कार्कीले कृषि, वन र सिमसारयुक्त पर्यटनको छुट्टै पहिचान बोकेको र बहुजाति बहुभाषी नागरिकहरुको बाहुल्यता रहेको पथरी शनिश्चरे नगरपालिका नीति निर्माणका साथै विकास निर्माणका गतिविधिमा सक्रियतापूर्वक अग्रसर हुने बिज्ञप्ति मार्फत जानकारी लिएका छन् । संघीयताको मर्म अनुरुप स्थानीय तहसम्म आएको अधिकारलाई जनताको घरसम्म पुर्याई कार्यान्वयन गराउने क्रममा रहेको उनले बताएका छन् । नगरवासीको अपेक्षालाई सबैको सहकार्यमा साकार रुप दिने क्रममा निरन्तर सक्रिय रहेको जनाउँदै उनले देशको राजनीतिक व्यवस्था बदलिएपछि जनताको अवस्था बदल्ने, समृद्ध पथरी शनिश्चरे खुशी नगरवासी निर्माण गर्ने महान् अभियानमा यो बजेट, नीति तथा कार्यक्रमले मार्गदर्शन गर्ने बताएका छन्।

उनले गत आ।व।को तुलनामा संघीय तथा प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा प्राप्त हुने सशर्त अनुदान समपुरक अनुदान र विशेष अनुदानमा १०।८३ प्रतिशत कटौती गरी बजेट सिलिङ प्राप्त हुन आएका कारण एकहत्तर करोड, सत्र लाख, एकचालीस हजार आठ सय रुपैयाँको बजेट प्रस्तुत गर्नु बाध्यत्मक परिस्थितिको उपज भएको जानकारी गराएका छन् ।
उनले नगरसभामा भएका निर्णयहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०र०८१को नीति तथा कार्यक्रम पारित भएको जनाइएको छ ।

त्यस्तै आर्थिक विधेयक २०८० (करका दर) स्वीकृत गरिएको ,स्थानीय वन ऐन २०८० कार्यपालिका बैठकबाट पारित भई नगर सभामा पेश हुँदा दफावार छलफल भई स्वीकृत गरिएको ,विधियोजन विधेयक २०८० स्वीकृत गरिएको जनाएका छन् ।उनले आन्तरिक आय र समपुरक अनुदानबाट वडा कार्यालयबाट प्राप्त बजेट सिलिङ तथा नगरको बजेट सिलि मार्फत शिक्षा क्षेत्रमा दुई करोड पचास लाख, छयालीस हजार, स्वास्थ्य क्षेत्रमा एक करोड उनानब्बे लाख पचासी हजार, कृषि क्षेत्रमा चौध लाख दश हजार, पशुपंक्षी विकासको क्षेत्रमा उनन्चालीस लाख, लक्षित वर्गमा एक करोड उन्नाइस लाख, छयहत्तर हजार एक सय छैसठ्ठी, सुदृढीकरणको क्षेत्रमा छब्बीस लाख र बाँकी रकम पूर्वाधार निर्माण, मर्मत् सम्हार तथा विपद् व्यवस्थापनको क्षेत्रमा विनियोजन गरिएको जनाएका छन्।

त्यस्तै युवा तथा खेलकुदको क्षेत्रमा सैंतिस लाख बीस हजार, सहकारीर उद्यमशीलता र प्रधानमन्त्री रोजगार कार्यक्रममा सत्र लाख, नगरपालिकाको सहयोग र भर, घर विहिनलाई सुरक्षित घरु कार्यक्रम मार्फत् प्राथमिकताको घर विहिन नगरवासीहरुको सुरक्षित घर निर्माण गरिने उनले जनाएका छन् । त्यसैगरी पारिवारिक वीमा विपन्नलाई, सुलभ उपचार नागरिक सबैलाईु कार्यक्रम मार्फत करिब १२ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने , झप्राविधिक शिक्षामा अनुदान, सक्षम जनशक्ति उत्पादनु कार्यक्रमबाट भागीरथ मावि र मदन भण्डारी प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक ऋण उपलब्ध गराइने, अन्तर स्थानीय तहसँगको सहकार्यमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने ,नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाउने ,गाई तथा भैसीलाई निःशुल्क कृत्रिम गर्भधारण कार्यक्रम सञ्चालन ,श्रमिक हित कोष र विपन्न बालबालिका सहायता कोषको स्थापना , विपन्नसँग उप(मेयर कार्यक्रमक‍ो सुरुवात गरिने, सबै सामुदायिक विद्यालयहरुलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने नीति अवलम्बन गरिएको उनले जानकारी दिएका छन् ।

त्यस्तै कृषि क्षेत्रको विकास, पथरी शनिश्चरे नगरमा रोजगारीको निकासु भन्ने नाराका साथ विदेशबाट फर्केका र स्वदेशमा कृषि उद्यम गर्न चाहने युवालाई लक्षित कार्यक्रमहरु समावेश गरिने,दीर्घरोगीहरुलाई फलफुल खर्च स्वरुप पन्ध्र हजार आर्थिक सहयोग गर्ने , महिलाहरुको आङ्ग खस्ने समस्या मुक्त नगरपालिका निर्माण गर्ने नयाँ नीति लिइएको उनले बताएका छन् ।
गर्भवती महिलाहरुलाई क्याल्सियम चक्की र नवजात शिशुहरुलाई रोगहरुको संक्रमणबाट जोगाउन किटनाशक झुल वितरण, नगर भित्रका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई कोशी प्रदेश भित्रको कुनै पनि अस्पतालसम्म उपचारमा जानका लागि एम्बुलेन्स भाडा निःशुल्क , नगरवासीहरुलाई कुनै पनि अस्पतालमा उपचार गराउँदा रगतको आवश्यक परेमा त्यसमा लाग्ने खर्च नगरबाट भुक्तानी दिने, पथरी बहुमुखी क्याम्पसलाई अनुदान, माटो बचाउ अभियान अन्तर्गत माटो परीक्षण तथा उपचार शिविर सञ्चालन,जैविक मल तथा जैविक विषादी प्रयोगलगायतका नीति पारित भएको उनले जानकारी दिएका छन् । उनले आ/व २०७५र७६, २०७६र७७, २०७/७८ र २०७८/७९ मा भएको बेरुजु पच्चीस करोड बत्तीस लाख मध्ये आ।व। २०७९र८० मा अठार करोड छयहत्तर लाख बेरुजु फर्छयौट गरिएको जनाएका छन्।

उनले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा सुकुम्बासी समस्यालाई समाधान गर्न बजेट विनियोजन जस्ता नीतिहरु पारित भएको जनाएका छन् ।सो अवसरमा नगर प्रमुख मोहन तुम्बापो, लेखा प्रमुख पिताम्बर ओस्तीले पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिएका छन् । १० वडा रहेको यश नगरको सभा आइतबार भएको थियो ।