बेलबारी लायन्स अध्यक्षमा जनक पोखरेल चयन

बेलबारी । लायन्स क्लब अफ बेलबारीको अध्यक्षमा जनक पोखरेल चयन भएका छन । बेलबारी लायन्सको बोर्ड बैठकले पोखरेललाई २०२३ को अध्यक्षमा चयन गरेको हो ।

शनिबार बेलबारीमा भएको लायन्सको एक कार्यक्रममा २०२२ का अध्यक्ष तिर्थराज सिग्देलले पोखरेललाई पद हस्तान्तरण गरेका छन । बैठकले अध्यक्ष बाहेक अन्य पदमा पुर्व समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । पोखरेल नेपाली काङ्ग्रेस बेलबारी नगर समितिका निर्वाचित सचिव हुन ।

पद हस्तान्तरण कार्यक्रममा पोखरेलले ओझेलमा परेको बेलबारी लायन्सलाई माथि उठाउन आफुले सक्दो काम गर्ने बताएका छन । लायन्स अन्य संघ सस्था भन्दा फरक रहेको भन्दै लायन्स को ईतिहास बेलबारीमा कायम राख्ने बताएका छन ।

पद हस्तान्तरण कार्यक्रममा नगेन्द्र दाहाल, बेलबारी वडा नं २ का वडाध्यक्ष कृष्ण गुरुङ, बेलबारी वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, नेपाली काङ्ग्रेस बेलाबारीका पुर्व नगर सभापती शम्भु भट्टराई, युवा समाजसेवी  राजेशजंग कार्की, बेलबारी जेसिजका सस्थापक अध्यक्ष माधवराज थापा, युवा व्यवसायी सन्तोष प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिकांश वक्ताहरुले लायन्स सामाजिक सेवामा समर्पित हुँदै आफूमा निखारता ल्याउन चाहनेहरु आवद्ध हुने संस्था रहेकोले आफ्नो कमाइको केही हिस्सा र समय लायन्स अभियानमा दिन आग्रह गरेका थिए ।