सुन्दरहरैचामा मोटरसाईकल दुर्घटनाबाट एकजनाको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ५ स्थित बाँसबारी चोकमा गएराती मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ५ का शिवनाथ आचार्य रहेका छन् ।

शुक्रबार विहान प्रदेश-१ ०२-०५० प ८०८४ नम्बरको बुलेट बाइकसहित आचार्यको शव पानीमा डुबेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा चोटपटक नदेखिएकोले दुर्घटना पश्चात पानीमा ढुबेर ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।