बाणगंगा नगरप्रमुखलाई नेवि संघको ध्यानार्षण

कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगरप्रमुखलाई ने.विसंघ नगरकार्यसमितिले ध्यानाकर्षण गराएको छ । शैक्षीक क्षेत्रको सुधार र विद्यार्थीको हकहित संरक्षणका निम्ती बेवास्ता गरेको भन्दै नेवि संघले नगरप्रमुखलाई ध्यानाकर्षण गराएको हो ।

आर्थीक वर्ष २०७९/८० को शैक्षीक बजेट विनियोजन गर्दा नगरपालिका र विद्यार्थी संगठनविच छलफल गरि अघिल्लो वर्ष थाति राखिएका निर्णय कार्यन्वयन गर्ने र उक्त निर्णयमा नगरपालीकाले चासो नदिएको तथा शिक्षा जस्तो संवेदनशिल विषयलाई बजेट निर्माणमा प्राथमिकता नदिएको भन्दै नेविसंघले ध्यानाकर्षण गराएको हो ।