सनराइज बैकद्वारा मन्दिरलाई डिजिटल घडि सहयाेग

सुन्दरहरैचा । माेरङकाे सुन्दरहरैँचा १० मा शाखा कार्यालय रहेको सनराइज बैंकले श्री कृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रमलाई एक थान डिजिटल घडि सहयाेग गरेको छ ।

बैकले सामाजिक उतरदायित्व कार्यक्रमा अन्तर्गत उक्त मन्दिरलाई डिजिटल घडि सहयाेग गरेको सनराइज बैक विराटचाेकका शाखा प्रमुख कुमार खड्काले जानकारी दिए । बैकले विगत बर्षमा पनि वृक्षरोपण , शैक्षिक समाग्री हस्तान्तरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

बैकले मन्दिरमा रहेको प्रवेशद्वारमा उक्त घडी जडान गरिदिएको हो । बैकले जडान गरिदिएको उक्त डिजिटिल घडीमा समय , माैसमकाे जानकारी तथा २४ सै घन्टा सुचना आउँने व्यवस्थापन रहेको छ ।