प्रक्रिया पुरा गरेपछि डेण्टल क्लिनिकको शिलबन्दी खोलियो

पथरी / पथरीशनिश्चरे नगरद्वारा वडा नं। १ बजारमा अवस्थित तीन वटा डेण्टल क्लिनिकमा लगाइएको ताला खोलिएको छ । नगरद्वारा गत साता डेण्टल क्लिनिक तथा अस्पतालको अनुगमन गरी वैधानिकता पूरा नगरेका क्लिनिकहरु शिलबन्दी गरिएको थियो ।

आज नगरका अनुगमन समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल, कोशी डेण्टलमा लगाइएको शिलबन्दी खोलिएको हो । डेन्टल क्लिनिकहरुले नगरबाट अनुमति, व्यवसाय दर्ता गरी नविकरण हुन बाँकी नविकरण लगायत वैधानिकता पूरा गरेपछि ताला खोलिएको हो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, वडा नं। १ का वडाध्यक्ष भीम राई, उद्योग वाणिज्य संघ प्रतिनिधि यादवचन्द्र दुलाल, इलाका प्रहरी कार्यालय पथरीको प्रतिनिनिधिको उपस्थिति रहेको थियो ।