सुन्दरहरैचा वडा नं ९ का सचिव माथि दुर्व्यवहार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाका एक जना कर्मचारी माथि दुर्व्यवहार भएको छ । आइतबार वडाकार्यालयमा काम गरिरहेका वडा नं ९ का वडा सचिव डिकबहादुर भण्डारीलाई सेवा ग्राहिले दुर्व्यवहार गरेका हुन ।

अविवाहित प्रमाणित गर्न नमानेपछी सेवाग्राहीले दुर्व्यवहार गरेको आरोप लागेको छ । शुक्रबार अविवाहित प्रमाणित गर्न आएका एक जना सेवाग्राहीले पहिला वडाध्यक्ष प्रकाश श्रेष्ठलाई भेटे । वडाध्यक्ष श्रेष्ठलाई अविवाहित प्रमाणित गर्दिन आग्रह गरे । उक्त सेवाग्राहिका अनुसार वडाध्यक्षले प्रमाणित गर्ने काम आफ्नो नभएर वडासचिवको भएको भन्दै सेवाग्राहिलाई वडा सचिव भए तिर पठाएँ । तर उक्त दिन (शुक्रबार) वडासचिव भण्डारी भने विदामा बसेका थिए । सेवाग्राहीले फोनबाटै वडासचिवलाई संपर्क गरे तर सचिवले आज आउन नसक्ने आईतवार मात्र आफु आउने जानकारी दिए ।

आइतबार बिहान कार्यालयमा आएर सेवाग्राहीले पुन: अविवाहित प्रमाणित गरिदिन आग्रह गरे । तर सचिवले समेत प्रमाणित गर्ने काम वडाध्यक्षको भएको भन्ने जानकारी दिए । आफ्नो दुई दिन सम्म काम नहुँदा आक्रोशित भएका सेवाग्राहीले वडाध्यक्षको कार्यकक्षमा सचिव भन्दै आफ्नो कठालो समातेर तानेको वडा सचिव भण्डारीले बताएका छन ।

वडाकार्यालयमा विवाद पश्चात सेवाग्राही  र वडासचिव दुवै नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चौलागाईलाई भेट्छन । वडासचिवले आफु माथि दुर्व्यवहार भएको बताउदै आफु उक्त वडाकार्यालयमा बस्न नसक्ने जानकारी दिन्छन  भने सेवाग्राहीले वडाध्यक्ष र वडासचिव दुवै जनालाई कार्वाही गर्नुपर्ने माग राख्छन । आफ्नो काम वडाबाट नभएको र आफुहरु आवेगमा आएर यस्तो हुन गएको सेवाग्राहीले स्विकार गरेका छन । प्रमुख प्रशासकिय अधिकृत चौलागाईले सेवाग्राहीलाई वडाबाटै वडाध्यक्षले प्रमाणित गर्ने हो भन्दै सम्झाएर वडाकार्यालयमा पठाउछन । । उनले कार्यालय समयमा काममा भएको कर्मचारी माथि दुर्व्यवहार हुनु राम्रो नभएको बताएका छन ।

तर सेवाग्राही वडाकार्यालयमा गएको केही बेरमै वडाकार्यालयमा वडाध्यक्ष र सेवाग्राही बिच फेरी दोहोरो भनाभन हुन्छ । भनाभन लम्बिदै गएपछी १५ जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । पक्राउ परेका माथि प्रहरीले अनुसन्धानको प्रकृया अगाडि बढाएको छ । यता वडाकार्यालयमा कर्मचारी माथि दुर्व्यवहार भएको भन्दै घटनामा संलग्न हुनेहरुलाई  कार्वाहीको माग गर्दै कर्मचारीहरुले प्रहरीमा उजुरी दिएका छन । उनिहरुले नगरमा काम गर्ने सुरक्षा पाउ भन्दै कर्मचारीहरुले प्रहरीमा उजुरी गरेका छन । वडा नं ९ मा वडाध्यक्ष र कर्मचारी बिचको टक्राव यो बेला मात्र हैन यस अघी पनि हुँदै आएको छ । वडाध्यक्ष र कर्मचारी बिच विवाद हुँदा प्रत्यक्ष मारमा भने सेवाग्राहीहरु पर्ने गरेका छन ।