वडा नं ३ को कार्यक्रममा वडाको चौतर्फी प्रशंसा

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ३ ले गरेको सार्वजनिक कार्यक्रममा वडाबासिले वडा कार्यसमितीको खुलेर प्रशंसा गरेका छन् । आज ९शनिवार० वडाले गरेको उक्त कार्यक्रममा सामान्य गुनासा आएपनि अधिकांश वडाबासिले वडाको उक्त कार्यक्रमको खुलेर प्रशंसा गरेका हुन् । जनप्रतिनिधीहरु निर्वाचित भइसकेपछि अन्य विभिन्न वडाका जनप्रतिनिधीहरुसंग आफ्ना गुनासा राख्न नपाएको समयमा वडाले कम्तिमा आफ्ना गुनासा सुनिदिएको भन्दै अधिकांश वडाबासिले जनप्रतिनिको तारिफ गरेको थिए ।

वडाले आज पिपल चौकमा आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा वडाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना सम्पन्न भएको विवरणहरु प्रस्तुत गरेको थियो। वडाले कार्यालय सञ्चालन ९प्रशासनिक खर्च० ७ लाख, आपतकालीन मर्मत् सम्भार ३ लाख २५ हजार ६ सय ५, पूर्वाधार विकास योजनामा ५२ लाख ८७ हजार, ३ सय ९५, खेलकुदतर्फ २ लाख, स्वास्थ्यतर्फ १ लाख, कृषितर्फ ३ लाख, लक्षित कार्यक्रमतर्फ ९ लाख रुपैयाँ विवरण सार्वजानिक सुनुवाईमा प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा हरियाली वनका अध्यक्ष कावुलबहादुर मगर, वडाका ज्येष्ठ नागरिक कृष्ण अधिकारीले मन्तव्य राख्नुभएको थियो ।

वडाध्यक्ष विजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य टंक पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित वडावासीले प्रश्नहरु गर्नुभएको थियो भने वडाका जनप्रतिनिधिहरुले प्रश्नको उत्तर दिनुभएको थियो । निक्कै उत्साहित मुडमा उपस्थित हुनुभएका वडावासीले वडाले सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरेकोमा वडालाई धन्यवाद ज्ञापन समेत गरेको छ । वडाले सो कार्यक्रममा आ।व। २०८०/०८१ को नीति तथा कार्ययोजना पनि प्रस्तुत गरेको थियो । वडा कार्यालयले वडाका विपन्न २८ घरधुरिको स्वास्थ्य विमा गरिदिएको छ भने दलित आदिवासि जनजाति लक्षीत कार्यक्रम अन्तर्गत १४ परिवारमा ट्वाइलेट, २ वटा कल वितरण गरेको छ । त्यस्तै अपाङ्ग लक्षीत कार्यक्रम अन्तर्गत ६० बढी अपांगलाई सिरक तथा डसना वितरण गर्नुका साथै वडाका १५ जना नागरिकलाइ ड्राइभिङ तालिम दिइ वडामै स्वरोजगार दिने कोशिस गरेको छ ।