पूर्वलाई लक्षित गरि राइड शेयर एप “बग्गी” आउँदै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा स्थित विराटचौकबाट राइड एप सञ्चालनमा आउने भएको छ । कोशी प्रदेशलाई मुख्य केन्द्र बनाएर राइड शेयर एप “बग्गी” सञ्चालनमा आउन लागेको हो । राइड एप बग्गीलाई ग्राहकहरुले असार दोस्रो हप्ता देखी प्रयोग गर्न सक्नेछन ।

बग्गी मार्फत ग्राहकले राईड सेयरिङ, फुड डेलिभरी तथा हेण्डीम्यान सर्भिस सहितको सेवा प्राप्त गर्न सक्नेछन । नेपालमा अन्य राइड सेयरिङ एपहरुको भन्दा फरक सेवा सुविधा सहित नेपालमा नै बनाइएको बग्गी एप सञ्चालनमा आउन लागेको एप सञ्चालक निरज न्यौपानेले बताए ।

ग्राहकको सहजताको लागि एप कम्पनी बग्गी एपलाई Android र IOS दुवै डिभाइसमा उपलब्ध गराएको छ । एपमा राइड सेयरिङ तर्फ मोटरसाइकल, ट्याक्सि, जिप, सफारी तथा ट्याम्पुले यात्रुले चढ्न चाहेको स्थानबाटै सेवा प्रवाह गर्नेछन् भने बग्गी एपमा जोडिएका रेस्टुरेन्ट तथा होटलबाट आफुलाई मनपरेको खानेकुरा घरमै बसी बसी होम डेलिभरी समेत उपलब्ध हुने भएको छ ।

अहिले पल्बर, एसि, फ्रिज, पंख्या जस्ता सामाग्री बिग्रदा कहाँ लगेर बनाउने भन्ने झन्झट भै रहेको अवस्थामा बग्गी एप मार्फत घरायसी प्रयोजनका सामाग्रीहरु बिग्रिएमा घरमै मेकानिक बोलाउन सकिने साथै विवाह, वर्तबन्ध लगायतका कार्जेमा पण्डित त्यस्तै घर निर्माण गर्दा आवश्यक पर्ने मिस्त्री, ठेकेदार लगायत अन्य धेरै प्रकारका सेवा यसै एपका माध्यमद्धारा पाउन सकिने न्यौपानेले बताए । एपको मुख्य कार्यालय विराटचौक रहेको र विराटनगर, इटहरी, धरान, विराटचौक र झापाका मुख्य मुख्य शहरहरुलाई लक्षित गरि बजारमा आउन लागेको न्यौपानेले जानकारी दिए ।