प्रज्ञा प्रतिष्ठान बेलबारीको आयोजनामा चित्रकला प्रदर्शनी सम्पन्न

दिनेश गिरी । बेलबारी । बेलबारी प्रज्ञा प्रतिष्ठान बेलबारीको आयोजनामा खुल्ला चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको प्रदर्शनीमा बेलबारी भित्र रहेका १८ वटा निजी तथा सामुदायीक विद्यालयका विद्यार्थिहरुले चित्रकला प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा १ सय बढि चित्रहरु राखिएका थिए । बेलबारी भित्र रहेका बिभिन्न धर्म, संस्कृती, जातजाती, बन, सँग सम्बन्धित चित्रहरुको १ सय ५० ले अवलोकन गरेका थिए ।

अन्य चित्रकारहरु १० जनाको पनि विभिन्न चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।
बेलबारी नगर प्रमुख दिल प्रसाद राई प्रमुख अतिथि रहेको कार्यक्रममा ललितकला प्रतिष्ठानका पाज्ञ गंगा सुवेदी, बरिष्ठ साहित्यकार इरन राई, बेलबारी नगर शिक्षा साखा प्रमुख भुपेन्द्र कोइराला, प्याप्सन नगर अध्यक्ष भगवति घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठान अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सचिव कुल प्रसाद बरालले गरेका थिए ।