लिम्पियाधुरा र कालापानी नेपालको भुभाग हो: गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउन सबैको एकिकृत प्रयास आवश्यक रहेको र भुपरिवेष्ठित राष्ट्र भएकाले बंगलादेश सम्मको बाटो पाउनु अन्तर्रााष्ट्रय अधिकार रहेको बताका छन् ।

बिहिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै महामन्त्री थापाले लिम्पियाधुरा र कालापानी नेपालको भुभाग रहेको र यसका लागि अर्को विकल्प सोच्न पनि नसकिने बताएका छन् ।

संचारकर्मी को प्रश्नमा मा महामन्त्री थापाले यथार्थ नक्सा र सांस्कृतिक नक्सा फरक भन्नेलाई सांस्कृतिक नक्सा निकालेर नेपालले आफ्नो धारणा राख्नु सक्नुपर्ने बताए । उनले सांस्कृतिक नक्सा निकालेझै नेपालले पनि छुट्टै सांस्कृतिक नक्सा निकाल्नुपर्ने जिकिर गरे ।महामंत्री गगन थापाले पार्टीर्यकर्ताको भावना अनुसार नचलेको बताउदै आफुले चाडै नै नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन लागेको जानकारी दिए ।




Leave a Reply

Your email address will not be published.