उवासंघ बेलबारीः निर्वाचित पदाधिकारीहरुको पदस्थापन

रेखा गुरुङ । बेलबारी ।  उद्योग बाणिज्य संघ बेलबारीमा निर्बाचित पदाधिकारीहरुले प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । जेठ २० गते सम्पन्न निर्बाचनबाट निर्बाचित पदाधिकारीहरुले बुधबार भएको सपथग्रहण तथा पदस्थापन कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।

बिजयी पदाधिकारीहरुलाई निर्बाचन समितिका संयोजक रमेश निरौलाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन । उद्योग बाणिज्य संघ बेलबारीको सभाहलमा भएको कार्यक्रममा बिजयी पदाधिकारीहरुलाई बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा (कोईराला) लगायतले बिजयी प्रमाणपत्र प्रदान गरेका थिए ।

निर्बाचनबाट बिजयी हुनेहरुमा अध्यक्षमा भेषकुमार श्रेष्ठ (अशोक), बरिष्ठ उपाध्यक्षमा सन्दिप राई, उपाध्यक्ष उद्योगमा राजन गोर्खाली, बाणिज्य उपाध्यक्षमा केशव थापा मगर, महासचिबमा विबेक मिश्र, उद्योग सचिबमा सुरेश कुमार श्रेष्ठ, बाणिज्य सचिबमा टिकाराज श्रेष्ठ, कोषाध्यक्षमा अर्जुनकुमार कार्की, सहकोषाध्यक्षमा बसन्त नेपाल रहेका छन ।

यसैगरी सदस्यहरुमा अस्मिता सुवेदी, उर्मिला तामाङ, कमला कुमारी श्रेष्ठ, काचीलाल धिमाल, खगेन्द्र खनाल, प्रशान्त निरौला, दिवश राई, निरज चौधरी, राजु श्रेष्ठ, रामकाजी राई, सुजित कुमार शाह, शिवकुमार राई छन । यसैगरी लेखा समितिको संयोजकमा नरबहादुर माझी, सदस्यमा सुरेन्द्रसिंह बस्नेत र पवित्रादेवी भगत निर्बाचित भएका थिए ।

कार्यक्रममा नगर प्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा (कोईराला), नेपाली काँग्रेस नगर सभापति छत्र लिम्बु, नेकपा एमाले नगर अध्यक्ष इरन कुमार राई, नेकपा एस नगर अध्यक्ष भुपाल बस्नेत लगायतको उपस्थिति रहेको थियो ।